काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगलाले गोरखामा पुनर्निर्माण भएका तीनवटा विद्यालयको उद्घाटन गर्नुभएको छ ।
भारत सरकारको सहयोगमा पुनर्निर्माण भएका गोरखा नगरपालिकाका महालक्ष्मी माध्यामिक विद्यालय, तारा माध्यामिक विद्यालय र रत्नलक्ष्मी माध्यामिक विद्यालयको उद्घाटन गरिएको हो ।
विदेशसचिव शृंगलासहित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले संयुक्त रुपमा विद्यालय भवनको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा विदेशसचिव शृङ्गलाले नेपालभर दुई सय ७७ वटा विद्यालय र क्याम्पस भवन पुनर्निर्माण गर्न लागेको बताउनुभयो ।
नेपाली भाषामा सम्बोधनका क्रममा उहाँले आधुनिक नेपालको स्थापना गर्नुभएका राजा पृथ्वीनारायण शाहको भूमिमा आउन पाउँदा खुसी लागेको बताउनुभयो ।
यसैबीच, विदेशसचिव श्रृंगला आज साँझ स्वदेश फर्किनुभएको छ ।