Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपाल फिफा वरियतामा एक स्थान तल, शीर्ष स्थानमा को ?

नेपाल फिफा वरियतामा एक स्थान तल, शीर्ष स्थानमा को ?

  • शनिवार, मंसिर १३ २०७७

  • 2.0K
    SHARES

  • नेपाल फिफा वरियतामा एक स्थान तल, शीर्ष स्थानमा को ?

    एजेन्सी । फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)को वरियतामा नेपाल एक स्थान तल झरेको छ ।

    फिफाले निकालेको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १ सय ७१ औं स्थानमा रहेको छ । गत महिना नेपाल १ सय ७० औं स्थानमा रहेको थियो । नेपालले हालै दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको परिणामका आधारमा वरियता खस्किएको हो ।

    नेपालले कोरोना महामारीपछि बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो ।

    पहिलो खेलमा २–० को हार तथा दोस्रो खेलमा गोलरहित बराबरी खेलेको थियो । सोही प्रदर्शनले पनि नेपालको वरियतामा प्रभाव परेको हो ।

    दक्षिण एसियाली राष्ट्र (सार्क) मा को वरियतामा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दाअघि भारत र माल्दिभ्स रहेका छन् ।

    भारत १ सय ४औं स्थानमा तथा माल्दिभ्स १ सय ५५औं स्थानमा रहेको छ । भुटान १८९ औं, बंगलादेश १८४ औं, श्रीलंका २ सय ६ औं र पाकिस्तान २०० औं स्थानमा रहेका छन् ।

    नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा पोर्चुगल रहेका छन् । स्पेन छैटौ स्थानमा यथावत रहँदा अर्जेन्टिनाले एक स्थान सुधार गर्दा उरुग्वे एक स्थान तल झरेको छ । मेक्सिको र इटाली दुई स्थान सुधार गर्दै शीर्ष १० भित्र अटाएका छन् ।

    क्रोएसिया दुई स्थान तल झदै ११औं स्थानमा पुगेको छ । डेनमार्क, जर्मनी र नेदरल्यान्डस्ले एक स्थान सुधार गर्दै शीर्ष १४ भित्र पर्दा कोलम्बिया ५ स्थान तल झदै १५औं स्थानमा पुगेको छ । विश्व वरियतामा २७औं स्थानमा रहेको जापान एसियाको शीर्षस्थानमा रहेको छ ।

     


    शनिवार, मंसिर १३ २०७७१२:५७:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij