काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारण सभा अन्तरगत मतदान कार्य सम्पन्न भएको छ । प्रमुख अधिकृत उपेन्द्रकेशरी न्यौपानेका अनुसार साँझ साढे ५ बजेबाट प्रज्ञा प्रतिष्ठानमा मतगणना सुरु भएको हो ।
देशभरबाट काठमाडौंमा आएका १ हजार ११६ जना मतदाताले चुनावमा भाग लिएका छन् । कोभिड –१९ को बेलामा स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर तीन ठाउँबाट मतदानको व्यवस्था गरिएको थियो । वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षसहित नयाँ कार्यकारी समिति सदस्य निर्वाचित हुनेछन ।
वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।