Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मेरो जीत व्यवसायीको जीत हो, व्यवसायिका सम्बन्धमा एउटै आवाज उठाउनेछौं: चन्द्र ढकाल

मेरो जीत व्यवसायीको जीत हो, व्यवसायिका सम्बन्धमा एउटै आवाज उठाउनेछौं: चन्द्र ढकाल

  • आइतवार, मंसिर १४ २०७७

  • 1.4K
    SHARES

  • मेरो जीत व्यवसायीको जीत हो, व्यवसायिका सम्बन्धमा एउटै आवाज उठाउनेछौं:  चन्द्र ढकाल

    काठमाडौं । उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा नव निर्वाचित चन्द्र ढकालले आफूले सम्पूर्ण व्यवसायीहरुको प्रतिनिधित्व गरेको र आफ्नो जीत व्यवसायीको जीत भएको बताउनुभएको छ ।

    प्यानल बनाएर निर्वाचनको मैदानमा उत्रिएका ढकालले मतपरिणाम घोषणासँगै आफूले प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता जनाउनुभयो । यस्तै निर्वाचित सबैले व्यवसायिका सम्बन्धमा एउटै आवाज उठाउने उहाँको भनाई छ ।  हिजो (शनिवार)भएको निर्वाचनमा निकटतम प्रतिद्धन्द्धी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी हुनुभएको हो ।

    वस्तुगततर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ तथा एसोसियटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित भएका छन् । एसोसियटतर्फको उपाध्यक्षमा विजयी रामचन्द्र संघाईले उद्योगहरुमा आइपरेका समस्या र श्रमिकको समस्या समाधानका लागि आफ्नो पहल हुने प्रतिक्रिया दिनुभयो ।

    उहाँले निर्यातमुलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरि निर्यात बढाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो ।  जिल्ला नगरतर्फको उपाध्यक्षमा विजयी दिनेश श्रेष्ठले जिल्ला नगर वाणिज्य संघहरुलाई आफैंमा सवल र सक्षम बनाउनुका साथै व्यवसायिक ज्ञान वृद्धि लगायततर्फ आफ्नो पहल हुने बताउनुभयो ।

    साना व्यवसायी र मझौला व्यवसायीलाई सक्षम र सवल बनाउँदै पूँजीमा पहुँच स्थापित गर्नेतर्फ आफ्नो प्रयास हुने उहाँको प्रतिबद्धता छ ।
    वस्तुगततर्फको उपाध्यक्षमा विजयी अन्जन श्रेष्ठले वस्तुगत संघको विश्वासमा आफूले निर्वाचन जितेकाले उनीहरुका हितका लागि काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।  उहाँले लगानीको अवसर र वातावरणसँगै सुरक्षाको वातावरण मिलाउन विशेष पहल गर्ने बताउनुभयो ।


    आइतवार, मंसिर १४ २०७७०७:५२:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij