Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

उद्योग बाणिज्य महासंघमा शुरुदेखि नै गुटबन्दीको प्रभाव

उद्योग बाणिज्य महासंघमा शुरुदेखि नै गुटबन्दीको प्रभाव

विवादका कारण कोषाध्यक्षको निर्वाचन गर्ने तयारी
  • सोमवार, मंसिर १५ २०७७

  • 1.1K
    SHARES

  • उद्योग बाणिज्य महासंघमा शुरुदेखि नै गुटबन्दीको प्रभाव

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिमा अहिलेदेखि नै गुटबन्दीको प्रभाव देखिन थालेको छ । महासंघका अध्यक्ष शेखर गोल्छा र नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल समूहका बीचमा अहिलेदेखि नै विवाद सुरु भएको हो ।

    कार्यकारिणी समितिले मनोनित गर्नुपर्ने विशिष्ठ सदस्य, मानार्थ सदस्य र अन्य सदस्यहरुको मनोनयनका सम्बन्धमा विवाद देखिएको छ ।
    पूर्वअध्यक्षबाट मनोनित हुनेविशिष्ट सदस्य पदमा अघिल्लो कार्यकालमा चण्डीराज ढकाललाई मनोनित गरिएकोमा अहिले पशुपति मुरारकालाई मनोनित गरिएको छ ।

    त्यस्तै, वरिष्ठ उपाध्यक्षमा पराजित भएका किशोर प्रधानलाई मानार्थ सदस्य बनाउन लागिएको छ । त्यस्तै, कोषध्यक्षको निर्वाचन तथा अन्य कार्यकारिणी सदस्यहरुको मनोनयनमा सहमति गर्ने कि मतदान गर्ने भन्ने सम्बन्धमा दुई पक्षबीच विवाद भएको हो ।

    नवनिर्वाचित कार्यकारिणी समितिमा गोल्छा समुहको बहुमत भएकाले उनीहरुले मतदान गराउन चाहेको छ भने ढकाल समूह भने सहमतिमा गर्नु पर्नेमा जोड दिएको छ ।

    बहुमत रहेको पक्षले निर्वाचन चाहेकाले केन्द्रीय सदस्य मध्येबाट एकजना निर्वाचित हुने कोषाध्यक्षका लागि आज निर्वाचन हुने संभावना रहेको केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो । यस बारेमा निर्णय गर्न दिउँसो साढे १२ बजेपछि नयाँ कार्यसमितिको बैठक बस्न लागेको पनि उहाँले बताउनुभयो ।


    सोमवार, मंसिर १५ २०७७०९:२४:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij