Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ज्ञवालीले ल्याउलान् त भारतलाई संवादमार्फत सहमतिमा ?

ज्ञवालीले ल्याउलान् त भारतलाई संवादमार्फत सहमतिमा ?

  • सोमवार, मंसिर १५ २०७७

  • 689
    SHARES

  • ज्ञवालीले ल्याउलान् त भारतलाई संवादमार्फत सहमतिमा ?

    काठमाडौं । लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित समेटेर नेपाली नक्सा छापिएपछि नेपाल र भारतको सम्बन्ध बिग्रिएको थियो । अहिले भारत नेपालसँग सम्बन्ध सुधार्ने धाउन्नमा देखिन्छ । यसैको फलस्वरुप उसले तीनजना दूत नेपाल पठाइसकेको छ ।

    मंसिरको पहिलो सातातिर भारतको सरकारी जासुसी संस्था रअका प्रमुख सामन्त गोयल नेपाल आए । त्यसपछि सेनाध्यक्ष मनोजमुकुन्द नरवाणेले नेपाल भ्रमण गरे । हालै मात्र विदेशसचिव हर्षवद्र्धन श्रींगला आएका थिए ।

    पछिल्लो भारतीय भ्रमणले दुई देशबीचको सीमा विवाद समाधान गर्न संवाद हुने संकेत देखिएको छ । तर, अझै पनि ढुक्क हुने अवस्था भने नदेखिएको नेपाली कूटनीतिज्ञहरुको भनाइ छ ।

    यद्यपि, पछिल्लो समयमा ओली सरकार चीनतिर बढी ढल्किएको भारतीय संस्थापन पक्षको बुझाइ छ । यसर्थ, उसले नेपाललाई आफूतिर पुनः फर्काउन सीमा विवाद संवादको एजेण्टा अघि सारेको हुन सक्ने कूटनीतिज्ञहरुको ठम्याइ छ ।

    यसैबीच, पुसको पहिलो साता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत भ्रमण गर्ने तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञवालीलाई आफ्नो दूतका रुपमा सो भ्रमणमा पठाउन लागेका हुन् ।

    ज्ञवालीले भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, विदेश मामिला मन्त्री लगायतका उच्च तहका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भ्रमणको मुख्य उद्देश्य नेपाल–भारतबीचको विद्यमान विवादलाई संवादमार्फत सहमतिमा ल्याउने उनले बताएका छन् ।

    भारतका विदेश मामिलामन्त्री एस जयशंकरले केही समयअघि नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव श्रृंगलामार्फत मन्त्री ज्ञवालीलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाएका हुन् ।

     


    सोमवार, मंसिर १५ २०७७०२:१०:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij