Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सीमा विवादका विषयमा बोल्नै गाह्रो : मन्त्री अर्याल

सीमा विवादका विषयमा बोल्नै गाह्रो : मन्त्री अर्याल

  • सोमवार, मंसिर १५ २०७७

  • 1.0K
    SHARES

  • सीमा विवादका विषयमा बोल्नै गाह्रो : मन्त्री अर्याल

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले नेपाल र भारतबीचको सीमा विवादमा बोल्न सरकारलाई अप्ठ्यारो हुने बताउनुभएको छ ।

    गैरआवासीय नेपाली संघ युकेले आज गरेको नेपाल–भारतबीचको सीमा यतार्थ र चुनौति विषयक भर्चुअल अन्तरक्रियालाई सम्वोधन गर्दै मन्त्री अर्यालले नेपाल भारतबीचको सीमाका विषयमा गुम्सिएर उकुसमुकुस भएर बस्नु पर्ने र लागेको कुरा बोल्न नपाइने बाध्यतासमेत रहेको उल्लेख गर्नुभयो ।

    सन् १८१६ को सुगौली सन्धिको आधारमा भएको नेपाल–भारत बीचको सीमा निर्धारण भएको बताउँदै उहाँले कालपानी र सुस्तामा मुख्य विवाद रहेको बताउनुभयो ।

     


    सोमवार, मंसिर १५ २०७७०४:४२:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij