Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेस वरिष्ठ नेता पौडेल प्रहरी नियन्त्रणमा, हिरासतबाटै भने, ‘प्रहरी दमन बन्द होस्’

कांग्रेस वरिष्ठ नेता पौडेल प्रहरी नियन्त्रणमा, हिरासतबाटै भने, ‘प्रहरी दमन बन्द होस्’

  • बुधवार, मंसिर १७ २०७७

  • 1.7K
    SHARES

  • कांग्रेस वरिष्ठ नेता पौडेल प्रहरी नियन्त्रणमा, हिरासतबाटै भने, ‘प्रहरी दमन बन्द होस्’

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नो निर्वाचन क्षेत्र तनहुँमा पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी परिचालन गरी आफूलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको पौडेलले बताउनुभएको छ ।

    ‘प्रहरी परिचालन गरी मलाई भर्खरै हिरासतमा लिएको जानकारी दिन्छु’, उहाँले ट्विटरमा लेख्नुभएको छ, ‘साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस् !’

    निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले नेता पौडेललाई नियन्त्रणमा लिएको बताइएको छ ।

    तनहुँमा पुल उद्घाटनमा कांग्रेस र युवासंघबीच विवाद भएपछि निषेधाज्ञा जारी गरेर नियन्त्रणमा पौडेललाई लिएको स्रोतले जनाएको छ । व्यास नगरपालिका–१ स्थित तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयमा कांग्रेस र राष्ट्रिय युवा संघबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

    बुधबार मध्याह्न १२ बजेबाट साँझ ६ बजेसम्मलाई निषेधाज्ञा लगाइएको हो । कांग्रेसले जसरी पनि पुल उद्घाटन गर्ने र युवा संघले जसरी पनि रोक्ने भनी विवाद सिर्जना भएपछि सम्भावित झडपलाई रोक्न निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय, तनहुँले जनाएको छ ।

    Capture2.PNG

     


    बुधवार, मंसिर १७ २०७७०३:४१:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij