Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सन्दीपले अष्ट्रेलियाको बिग बास लिग टी-ट्वान्टी क्रिकेटको सुरुवाती खेल गुमाउने

सन्दीपले अष्ट्रेलियाको बिग बास लिग टी-ट्वान्टी क्रिकेटको सुरुवाती खेल गुमाउने

  • बिहिवार, मंसिर १८ २०७७

  • 1.4K
    SHARES

  • सन्दीपले अष्ट्रेलियाको बिग बास लिग टी-ट्वान्टी क्रिकेटको सुरुवाती खेल गुमाउने

    काठमाडौं ।  लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटको सुरुवाती खेल गुमाउने भएका छन् ।

    प्रतियोगिता सुरु भईसकेपछि अष्ट्रेलिया प्रस्थान गर्ने भएको कारण होबर्ट हुरीकेन्समा आबद्द सन्दीपले सुरुवाती खेल गुमाउने भएका हुन् ।

     

    सन्दीप बिग बासको लागि डिसेम्बरको १५ मा अष्ट्रेलिया जाने तयारीमा रहेका छन् ।

    अष्ट्रेलिया पुगेपछि सन्दीपले अनिवार्य १४ दिनको क्वारेन्टिनमा बस्नु पर्नेछ । जसको कारण सन्दीपले कम्तिमा ५ खेल गुमाउने छन् ।

    'डिसेम्बर १४/१५ मा बिग बासको लागि सन्दीप अष्ट्रेलिया जाने तयारी छ । मिति पक्का भएको छैन,' सन्दीपका व्यवस्थापक रमन शिवाकोटीले भने, 'अष्ट्रेलिया पुगेर १४ दिन क्वारेन्टिन बस्नुपर्छ त्यसैले सन्दीपले डिसेम्बरको खेल गुमाउने छन् ।'

    दशौँ संस्करणको बिग बास डिसेम्बर १० बाट सुरु हुँदैछ । पहिलो खेलमा सन्दीपको टिम होबर्टले सिड्नी सिक्सर्सविरुद्ध खेल्ने तालिका रहेको छ ।

    सन्दीप जनवरी २ मा हुने मेलबर्न स्टार्सविरुद्धको खेलमा भने उपस्थित हुने छन् । मेलबर्न सन्दीपको पूर्व क्लब समेत हो ।

    सन्दीपले दुई सिजन मेलबर्नबाट खेलेका थिए । दुई सिजनमा २१ खेल खेलेका सन्दीपले २६ विकेट लिएका थिए ।

    सन्दीप कोरोना मुक्त भएर बिहीबारबाट राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा फर्किएका छन् ।


    बिहिवार, मंसिर १८ २०७७०४:५०:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij