Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोना बीमाको रकम ३ दिनभित्रै दिन सरकारको निर्देशन

कोरोना बीमाको रकम ३ दिनभित्रै दिन सरकारको निर्देशन

  • बिहिवार, मंसिर १८ २०७७

  • 692
    SHARES

  • कोरोना बीमाको रकम ३ दिनभित्रै दिन सरकारको निर्देशन

    काठमाडौं ।  सरकारले प्रक्रिया पुरा गरेका कोरोनाका बीमितलाई बीमा रकम ३ दिनभित्रै भुक्तानी गर्न निर्देशन दिएको छ। 

    निवेदन दिएको लामो समयसम्म पनि कोरोना बीमाको रकम प्राप्त नभएको गुनासो बढेपछि अर्थ मन्त्रालयले बीमा समितिलाई यस्तो निर्देशन दिएको हो। 

    अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा आज बसेको बैठकले कोरोना बीमाको भुक्तानी व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो।

     
    बैठकले दावीहरुको भुक्तानी गरी दैनिक रुपमा मन्त्रालयमा विवरण पठाउन पनि निर्देशन दिएको छ। मापदण्डमा कागजात जुटाएर प्रक्रिया पुरा भएको ७ दिनभित्रै दावी भुक्तानी दिनुपर्ने व्यवस्था छ। 

    त्यस्तै ‘भेरिफिकेसन’ गर्न बाँकी दावीको यथाशीघ्र भेरिफिकेसन सम्पन्न गरी भुक्तानी दिने व्यवस्था मिलाउन पनि सरकारले भनेको छ।  

    कोरोना दावी भुक्तानीका सम्वन्धमा देखिएका समस्याहरु पनि जानकारी गराउन भनिएको छ।

    ‘कुन कुन बीमा कम्पनीमा कति संख्यामा दावी परेको विवरण पेन्डिङ रहेको छ, सोको विवरण र समस्या समाधानका लागि त्यस समितिबाट के प्रयास भइरहेको छ? यस मन्त्रालयबाट सहजीकरणका लागि पहल गर्नुपर्ने विषयहरु के के हुन्, यसको विस्तृत विवरण मन्त्रालयमा पठाउनुहुन निर्देशन गरिन्छ’ अर्थले समितिलाई भनेको छ। 

    विभिन्न निर्जीवन बीमा कम्पनीमा ३० हजारभन्दा बढीले बीमा दावी गर्दै निवेदन दिएका छन्। तिमध्ये १० हजारले मात्रै प्रक्रिया पुरा गरेको बीमक संघले जनाएको छ।


    बिहिवार, मंसिर १८ २०७७०६:०९:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij