Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

भारतद्वारा अष्ट्रेलियालाई १ सय ६२ रनको लक्ष्य

भारतद्वारा अष्ट्रेलियालाई १ सय ६२ रनको लक्ष्य

  • शुक्रवार, मंसिर १९ २०७७

  • 1.5K
    SHARES

  • भारतद्वारा अष्ट्रेलियालाई १ सय ६२ रनको लक्ष्य

    काठमाडौं ।  भारत र अष्ट्रेलियाबीचको तीन खेलको टी–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा भारतले अष्ट्रेलियालाई १६२ रनको लक्ष्य दिएको छ।

    अष्ट्रेलियाको क्यानबेरामा अष्ट्रेलियाले टस जितेर फिल्डिङ राजेपछि पहिले व्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६१ रन बनाएको हो।

    भारतका लागि केएल राहुलले ५१, रविन्द्र जडेजाले ४४, सन्जु स्याम्सनले २३ र हार्दिक पाण्ड्याले १६ रन बनाए।

    बलिङतर्फ अष्ट्रेलियाका मोइज हेनरीक्वीजले तीन, मिचेल स्टार्कले दुई, मिचेल स्वेप्सन र आदम जम्पाले एक–एक विकेट लिए।


    शुक्रवार, मंसिर १९ २०७७०४:३४:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij