Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

अष्ट्रेलियामाथि भारतको जित

अष्ट्रेलियामाथि भारतको जित

  • शुक्रवार, मंसिर १९ २०७७

  • 1.2K
    SHARES

  • अष्ट्रेलियामाथि भारतको जित

    भ्रमणकारी टिम भारतले पहिलो टी-ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई पराजित गरेको छ ।

    क्यानबेरामा शुक्रबार भएको खेलमा भारतले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो ।

     

    भारतले दिएको १ सय ६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो ।

    अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ३५ रन जोड्दा म्याथ्यु सर्टले ३४ रन बनाए ।

    यस्तै मोइसेस हेन्रिक्सले ३० तथा स्टिभ स्मिथले १२ रन बनाए । म्याथ्यु वेडले ७ रन बनाउँदा ग्लेन म्याक्स्वेल २ रनमा आउट भए ।

    सिन एब्बट र मिचेल स्विपसन समान १२/१२ रनमा अविजित रहे ।

    भारतका युजभेन्द्र चाहल र टी नटराजनले ३/३ विकेट लिए ।

    रविन्द्र जडेजा घाइते भएपछि चाहल उनको स्थानमा मैदान प्रवेश गरेका थिए । यस्तै नटराजनको यो टी-ट्वान्टीमा डेब्यु खेल हो ।

    यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनायो ।

    भारतका लागि केएल राहुलले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४० बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

    यस्तै रविन्द्र जडेजाले अविजित रहदै ४४ रन जोड्दा दिपक चाहर सुन्य रनमा अविजित रहे ।

    त्यस्तै सन्जु सामसनले २३ रन तथा हार्दिक पाण्डयले १६ रन बनाए ।

    कप्तान विराट कोहली ९ रनमा आउट हुँदा वासिङ्गटन सुन्दरले ७, शिखर धवनले १ र मनिस पाण्डेले २ रन बनाए ।

    अष्ट्रेलियाका मोइसेस हेन्रिक्सले ३ विकेट लिए । मिचेल स्टार्कले २ तथा एडम जाम्पा र मिचेल स्विपसनले १/१ विकेट लिए ।

    जितसँगै भारतले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । दुई टिमबीचको दोस्रो खेलमा आइतबार हुनेछ ।

    यस अघि भारतले एकदिवसीय सिरिज २-१ ले गुमाएको थियो ।


    शुक्रवार, मंसिर १९ २०७७०५:५९:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij