Sep 25 2026 | २०८३, आश्विन ९ गते

२०८३, आश्विन ९ गते
  • यो साता चर्चामा :
images

जलवायु न्याय राष्ट्रसंघको दस्ताबेजमा मात्र सीमित सुन्दर वाक्य बन्नु हुँदैनः प्रधानमन्त्री बालेन

जलवायु न्याय राष्ट्रसंघको दस्ताबेजमा मात्र सीमित सुन्दर वाक्य बन्नु हुँदैनः प्रधानमन्त्री बालेन

  • शुक्रवार, आश्विन ९ २०८३

  • 40
    SHARES

  • जलवायु न्याय राष्ट्रसंघको दस्ताबेजमा मात्र सीमित सुन्दर वाक्य बन्नु हुँदैनः प्रधानमन्त्री बालेन

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा पनि कम योगदान गरे तापनि जलवायु परिवर्तनको असाध्यै ठूलो मूल्य चुकाइरहेको बताएका छन्।
    राष्ट्रसंघको महासभामा विश्वको ध्यानाकर्षण गराउँदै उनले नेपालका लागि जलवायु महाविपत्ति केवल मानवीय घटना मात्र नभई ‘विकासको आपत्काल’ भएको स्पष्ट पारे।
    ऐतिहासिक रूपमा धेरै प्रदूषण गर्ने राष्ट्रहरूले अब बढी जिम्मेवारी लिनुपर्ने औंल्याउँदै उनले भने, ‘जलवायु न्याय संयुक्त राष्ट्रसङ्घको दस्ताबेजमा मात्र सीमित एउटा सुन्दर वाक्यांश बन्नु हुँदैन। हाम्रा नागरिकले निरन्तर आफ्नो विगतको पुनर्निर्माण गरिरहनुको सट्टा अब आफ्नो भविष्य निर्माण गर्न पाउनुपर्छ।’

     


    शुक्रवार, आश्विन ९ २०८३०६:२५:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij