काठमाडौं । नेपाली बजारमा लगातार घटेको सुनको मूल्य आज भने वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला एक हजार पाँच सय रुपियाँले वृद्धि भएको हो ।
महासंघका अनुसार आज छापवाला सुनको मूल्य प्रतितोला ९४ हजार एक सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ६५० रुपियाँमा कारोबार भइरहेको छ । अघिल्लो दुई दिन सोमवार सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी तोलामा ३० रुपियाँ वृद्धि भएर प्रतितोला एक हजार २३५ रुपियाँमा कारोबार भइरहेको छ ।