नेपाल उद्योग वाणिज्य महासङ्घले वैदेशिक रोजगार फोरम स्थापना गर्ने भएको छ ।
महासङ्घभित्र स्थापना हुने फोरमले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गर्न सबै व्यवसायीसँग सहकार्य गर्ने उहाँकाे भनाइ छ । देशमा रेमिट्यान्स भित्र्याइ अर्थतन्त्रलाई जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने वैदेशिक रोजगार व्यवसायीलाई थप सम्मानित र व्यवस्थित बनाउन आफूले महासङ्घबाट प्राथमिकताका साथ काम गर्ने पनि अध्यक्ष गोल्छाले बताउनुभयो ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक व्यवसायीका समस्या समाधान गर्न आफू विगतदेखि नै लागि परेको बताउनुभयो । देशमा रेमिट्यान्स भित्र्याउन योगदान गर्ने व्यवसायीहरूका समस्या समाधान गर्ने विषयमा सधैँ पक्षमा रहेर वकालत गरेको पनि ढकालले बताउनुभयो । अब पनि महासङ्घमा बसेर वैदेशिक रोजगार क्षेत्रलाई थप मर्यादित बनाउन भूमिका खेल्ने उहाँकाे भनाइ छ ।
कार्यक्रममा वैदेशिक रोजगार व्यवसायीहरूले आफूहरूमाथि राज्यले हेर्ने दृष्टिकोणमा नै परिवर्तन हुनुपर्ने बताएका छन् ।