हेटौंडा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कसैलाई पनि निषेध नहुने गरि राजादेखि विप्लब माओवादीसम्म अट्ने राज्य व्यवस्था आवश्यक भएको बताएका छन्।
बिहीबार हेटौंडामा पार्टीको चुनाव चिन्ह ‘हलो’ तथा झण्डा अनावरण गर्दै थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनार्थ सर्वपक्षीय सम्मेलन हुनुपर्ने बताए।
उनले जनताको अभिमतबाट, राजनीतिक दलहरूको सहयोग र सहमतिमा यो काम सम्पन्न हुनुपर्ने बताए।
विदेशी बल र सेनाबाट राजसंस्था स्थापित नहुने उनले बताए। नेपाली जनता,राजनीतिक दल,नागरिक समाज र बुध्दिजीवीहरूको सहयोग र सहमतिमा राजसंस्था स्थापित गर्नुपर्ने थापाले बताए।
गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विदेशीको एजेन्डा भएको उनको भनाइ छ।
राजसंस्था र हिन्दुराष्ट्रको माग राखी देशब्यापी जनप्रदर्शन भएकोमा आफूलाई खुशी लागेको थापाले बताए।