Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कमानसिंह लामा प्रकरण : प्रवक्ता श्रेष्ठ भन्छन्, ‘म गलत छु भने जोसुकैले जुनसुकै स्तरको अनुसन्धान गरे हुन्छ’

कमानसिंह लामा प्रकरण : प्रवक्ता श्रेष्ठ भन्छन्, ‘म गलत छु भने जोसुकैले जुनसुकै स्तरको अनुसन्धान गरे हुन्छ’

  • शुक्रवार, मंसिर २६ २०७७

  • 2.3K
    SHARES

  • कमानसिंह लामा प्रकरण : प्रवक्ता श्रेष्ठ भन्छन्, ‘म गलत छु भने जोसुकैले जुनसुकै स्तरको अनुसन्धान गरे हुन्छ’

    काठमाडौं । पूर्वसांसद कमानसिंह लामाको निधनसँगै एउटा विवादित लेनदेनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम मुछिएको छ । पूर्वराजदूतसमेत रहेका लामाको निधन भएलगत्तै प्रवक्ता श्रेष्ठ संवादमा सहभागी भिडियो तथा अडियो क्लिप सार्वजनिक भएको छ ।

    भिडियो तथा अडियो क्लिपमा दुई करोड रुपैयाँ लेनदेनको विषय छ । उक्त भिडियो सार्वजनिक भएपछि प्रवक्ता श्रेष्ठमाथि विभिन्न टिप्पणी हुन थालेको छ ।प्रवक्ता श्रेष्ठले भने आफ्नो चरित्र हत्या गर्नेगरी प्रचार भएको बताउनुभएको छ ।

    स्वर्गीय नेता लामा र आफू लामो समयदेखिको सहयोद्धा भएको बताउँदै एउटा हाइड्रोको सेयरको विवादमा लामाकै अनुरोधमा आफूले मध्यस्थता गर्न खोजेको प्रवक्ता श्रेष्ठको स्पष्टीकरण छ ।

    बाहिर आएको अडियो आफूले पनि सुकेको र त्यसमा केही पनि आपत्तिजनक कुरा नभएको पनि उहाँको दाबी छ । आफू गलत भए जोसुकैले जुनसुकै स्तरको अनुसन्धान गरे पनि हुने प्रवक्ता श्रेष्ठले बताउनुभएको छ ।

    यसैबीच, जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्वर्गीय नेता लामाले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भीर भएको बताउनुभएको छ ।

    आज ट्विट गर्दे नेता भट्टराइले जतिसुकै तर्क–कुतर्क गरेपनि नैतिक पतनको प्रश्न देशको शीर्ष नेतृत्वमा रहने जुनसुकै व्यक्तिका निम्ति क्षम्य हुनै नसक्ने बताउनुभयो हो ।

    ‘भनिन्छ, मृत्युशैय्यामा रहेको मान्छेले झुटो बोल्दैन । मृत्युशैय्याबाट कमानसिंह लामाले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भीर र मार्मिक छन् । जतिसुकै तर्क–कुतर्क गरे पनि नैतिक पतनको प्रश्न देशको शीर्षनेतृत्वमा रहने जुनसुकै व्यक्तिका निम्ति क्षम्य हुनसक्दैन । चेतना भया !

    Capture.PNG

    नेकपा केन्द्रीय सदस्य लामाले निधन हुनुभन्दा केही दिनअघि फेसबुकमा लामो स्टाटस लेख्नुभएको थियो । नेताहरुले आफूलाई बर्बाद बनाएको र आफ्नै कान्छी श्रीमतीले समेत जीवनको अन्तिम अवस्थामा आएर धोका दिएको उहाँले उल्लेख गर्नुभएको थियो ।


    शुक्रवार, मंसिर २६ २०७७१२:१८:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij