Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने

कांग्रेसले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने

  • शनिवार, मंसिर २७ २०७७

  • 1.3K
    SHARES

  • कांग्रेसले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने

    काठमाडौं । नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

    सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले केन्द्रीय कार्यालयबाट शुक्रबार तय गरिएको पूर्वनिर्धारित शोक कार्यक्रमलाई अनुमोदन गरेको हो ।

    मंसिर २८ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने,१३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने तथा १३ औं दिनमा सम्बन्धित जिल्ला काठमाडौंले भौतिक दूरी कायम गर्दै शोक सभा आयोजना गर्ने निर्णय पनि कांग्रेसले गरेको छ ।

    काठमाडौं जिल्लाका पूर्व सभापति एवम् कांग्रेस महाधिवेशन प्रतिनिधि श्रेष्ठको शुक्रबार ८० वर्षको उमेरमा निधन भएको थियो । उनको निधनबाट नेपाली कांग्रेस स्तब्ध र मर्माहत भएको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

     


    शनिवार, मंसिर २७ २०७७०३:१३:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij