Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

उखु किसानसँग वार्ता गर्ने सरकारी पक्षको तयारी

उखु किसानसँग वार्ता गर्ने सरकारी पक्षको तयारी

  • मंगलवार, मंसिर ३० २०७७

  • 913
    SHARES

  • उखु किसानसँग वार्ता गर्ने सरकारी पक्षको तयारी

    काठमाडौं । आन्दोलनरत उखु किसानहरुको मागलाई सम्वोधन गर्न भन्दै सरकारले आज उनीहरुसँग वार्ता गर्ने तयारी गरेको छ । चिनी मिलहरुले आफुहरुलाई उखुको भुक्तानी नदिएकाले तत्काल दिलाउन माग गर्दै किसानहरुले पटक पटक काठमाडौ केन्द्रीत आन्दोलनका कार्यक्रम गर्दै आइरहेका छन् ।

    यसअघि भएको आन्दोलनका क्रममा उनीहरुसँग तत्काल भुक्तानी दिने सहमती भएपनि अहिलेसम्म भुक्तानी नपाएको भन्दै किसानहरु फेरि आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनरत किसानहरुसँग उद्योग मन्त्रालयले वार्ताका लागि प्रयास गरेको हो । उनीहरुलाई दिउँसो तीन बजे वार्ताका लागि बोलाइएको मन्त्रालयले जनाएको छ ।

    तर किसानहरुले भने वार्तामा जाने वा नजाने बारेमा कुनै जानकारी दिएका छैनन् । उनीहरुले वार्ताबाट सँधै अल्मल्याउने काम मात्रै भएकाले वार्तामा बस्नु भन्दा भुक्तानी रकम लिएर माइतीघरमा आउन जवाफ दिने गरेका छन् ।

    उनीहरुलाई रकम भुक्तानी गर्ने बारेमा मन्त्रालयमा हिजो चिनी मिल सञ्चालकहरुसँग पनि छलफल गरेको थियो । चिनी मिलहरु नै मर्कामा परेकाले तत्काल भुक्तानी गर्न सक्ने अवस्था नरहेको उनीहरुले बताएका छन् । छ ओटा चीनी मिलले उखु किसानहरुलाई झण्डै ९० करोड रुपैयाँ तिर्न बाँकी छ ।


    मंगलवार, मंसिर ३० २०७७०९:१४:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij