Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपालले सिधै टि–२० विश्वकपको ग्लोबल छनोट खेल्न पाउने

नेपालले सिधै टि–२० विश्वकपको ग्लोबल छनोट खेल्न पाउने

  • मंगलवार, मंसिर ३० २०७७

  • 1.6K
    SHARES

  • नेपालले सिधै टि–२० विश्वकपको ग्लोबल छनोट खेल्न पाउने

    काठमाडौं । नेपालले सिधै टि–२० विश्वकपको ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ । अष्ट्रेलियामा सन् २०२२ मा हुने टि –२० विश्वकपको लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले जारी गरेको छनोट प्रक्रिया अनुसार नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको हो ।

    यसैबीच, आइसिसीले हालै छनोट प्रक्रिया सार्वजनिक गरेको छ । जसमा नेपालसहित यूएई, सिंगापुर र जिम्बावेलाई सिधै ग्लोबल छनोटमा स्थान दिएको हो ।

    फेब्रुअरी र मे २०२२ मा हुने ग्लोबल छनोटमा सफल भए नेपालले सन् २०२२ अक्टोबरमा हुने विश्वकपमा खेल्न पाउनेछ । ग्लोबल छनोटबाट कुल ४ टोलीले विश्वकपमा स्थान बनाउनेछन् । दुई समूहमा हुने ग्लोबल छनोटबाट २–२ टोली विश्वकपमा खेल्नेछन् ।

    ग्लोबल छनोटमा कुल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । क्षेत्रीय छनोटबाट ८ टोली तथा सन् २०२१ को टि–२० विश्वकप खेलेका विश्व वरियताको पुछारमा रहेका ४ टोलीले ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन् ।

    क्षेत्रीय छनोटमा अमेरिका र युरोपबाट २–२ टोली तथा अफ्रिका र पूर्वी एसियाबाट १–१ टोली छनोट हुनेछन् । एसिया छनोटको दुवै समूहबाट १–१ टोलीले ग्लोबल छनोटमा खेल्नेछन् ।

     


    मंगलवार, मंसिर ३० २०७७११:३५:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij