Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रेशम चौधरीको मुद्दाको सुनुवाई आज

रेशम चौधरीको मुद्दाको सुनुवाई आज

  • बिहिवार, पौष २ २०७७

  • 1.5K
    SHARES

  • रेशम चौधरीको मुद्दाको सुनुवाई आज

    टिकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीको मुद्दाको सुनुवाई आज हुने भएको छ । २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा ‘थरुहट आन्दोलन’ का क्रममा एक बालक र सात प्रहरीको ज्यान जाने गरी भएको हिंसात्मक घटनाका मुख्य योजनाकार भनिएका चौधरीको मुद्दामा आज सुनुवाई हुन लागेको हो ।

    चौधरीका कानुन व्यवसायी गजेन्द्र केसीले मुद्दाको सुनुवाई आज हुने जानकारी दिनुभयो । कानुन व्यवसायी केसीले चौधरीले सफाइ पाउने प्रशस्त आधारहरु भएको दाबी समेत गर्नुभएको छ ।

    जिल्ला अदालत कैलालीले २०७५ फागुन २२ गते चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो । चौधरीलाई थुनामा रहेको समयमा २०७५ पुस १९ गते सांसदको शपथ ग्रहण गराइएको थियो ।


    बिहिवार, पौष २ २०७७११:४९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij