Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपाली राष्ट्रिय टिमको प्रशिक्षकमा अष्ट्रेलियाका ह्वाटमोर नियुक्त

नेपाली राष्ट्रिय टिमको प्रशिक्षकमा अष्ट्रेलियाका ह्वाटमोर नियुक्त

  • बिहिवार, पौष २ २०७७

  • 992
    SHARES

  • नेपाली राष्ट्रिय टिमको प्रशिक्षकमा अष्ट्रेलियाका ह्वाटमोर नियुक्त

    काठमडाौं । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा देव ह्वाटमोरलाई नियुक्त गरेको छ ।
    क्यानले खुल्ला प्रतिस्पर्धाबाट ह्वाटमोरलाई नेपालको सिनियर क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

    वाटमोरलाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरिएको क्यानले जनाएको छ । श्रीलंकाली मुलका अष्ट्रेलियन प्रशिक्षक ह्वाटमोरले अष्ट्रेलियाबाट ७ टेष्ट, एक एकदिवसीय, लिस्ट एका २६, फस्ट क्लासका १ सय ८ म्याच खेलेका छन् ।

    उनले श्रीलंका, पाकिस्तान जस्ता देशलाई प्रशिक्षकको रुपमा नेतृत्व गरिसकेका छन् । ह्वाटमोरले सन १९९६ मा श्रीलंकालाई विश्वकप जिताएका थिए ।

    अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीको एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त नेपाल गत फेब्रुवरीबाट मुख्य प्रशिक्षक विहीन रहेको हो ।


    बिहिवार, पौष २ २०७७०७:१६:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij