Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

‘झापाविद्रोह र जनयुद्धका नायकको राजमा थारूविद्रोह अपराध ठहरिनु बिडम्बना !’

‘झापाविद्रोह र जनयुद्धका नायकको राजमा थारूविद्रोह अपराध ठहरिनु बिडम्बना !’

  • शुक्रवार, पौष ३ २०७७

  • 1.2K
    SHARES

  • ‘झापाविद्रोह र जनयुद्धका नायकको राजमा थारूविद्रोह अपराध ठहरिनु बिडम्बना !’

    काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सांसद रेशमलाल चौधरीलाई जन्मकैद सजाय तोकिनु खेदजनक विषय भएको बताउनुुभएको छ ।

    चौधरीलाई जन्मकैदको सजाय गरेको जिल्ला अदालत कैलालीको फैसला उच्च अदातल दिपायलले सदर गरेसँगै पूर्वप्रधानमन्त्रीसमेत रहनुुभएका भट्टराईले यस्तो प्रतिक्रिया दिनुुभएको हो ।

    उत्पीडित थारु जातिको मुक्ति अभियानमा लागेका नेताहरुलाई पुनः दोषी ठहर गर्नु दुःखद विषय भएकोसमेत उहाँको भनाइ छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ इंगित गर्दै भट्टराईले झापाविद्रोह र जनयुद्धका नायकहरु सत्तामा भएको बेला यस्तो हुनु खेदजनक भएको तर्क गर्नुुभएको छ ।

    ‘यथास्थितिको रक्षार्थ कानून र अदालत बन्छन् । अतः उत्पीडित थारू जातिको मुक्ति अभियानमा लागेका सांसद रेशम चौधरी, लक्ष्मण थारूलगायतका थारू नेतालाई अदालतले दोषी ठान्नु नौलो भएन ! विडम्बना झापाविद्रोह र जनयुद्धका नायकहरूको राजमा थारूविद्रोह अपराध ठहरियो ! यो अन्याय सैह्य छैन ।’

    २०७२ भदौ ७ गते थारुहट आन्दोलनको क्रममा कैलालीको टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ जनाको धारिलो हतियार प्रहार गरी भएको हत्या घटनामा मुख्य योजनाकार रेशमलाल चौधरीसहित आठ जनालाई उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको छ ।

    Capture2.PNG

     


    शुक्रवार, पौष ३ २०७७११:२९:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij