Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

के सरकारसँगको सम्बन्धबारे काँग्रेसमा मतान्तर हो ?

के सरकारसँगको सम्बन्धबारे काँग्रेसमा मतान्तर हो ?

  • शनिवार, पौष ४ २०७७

  • 1.4K
    SHARES

  • के सरकारसँगको सम्बन्धबारे काँग्रेसमा मतान्तर हो ?

    काठमाडौं । सरकारसँगको सम्बन्ध कस्तो राख्ने भन्ने बारेमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसमा मतान्तर रहेको आशंका गरिएको छ । सभापति शेरबहादुर देउवा सरकारप्रति लचक भएको र अन्य नेताहरु भने बढी रुष्ट भएको विश्लेषण धेरैले गरेका छन् । नेकपा भित्रका नेताहरु मध्ये पनि प्रधानमन्त्री ओलीसँग काँग्रेस सभापति देउवाको सम्वन्ध राम्रो रहेको देखिदै आएको छ ।

    सरकार सवै पक्षमा असफल भइसक्दा र प्रतिपक्षीप्रति पुर्वाग्रह हुँदा समेत सभापति देउवाले प्रधानमन्त्री ओलीलाई पटक पटक भेट्न बालुवाटार जाने गरेको भन्दै काँग्रेसकै धेरै नेताहरुले असन्तुष्टि जनाउने गरेका छन । नेकपा विभाजित भयो भने पनि सभापति देउवाले ओली पक्षलाई समर्थन गर्ने आशंका पटक पटक व्यक्त हुदै आएको छ ।

    देउवाले ओलीलाई साथ दिएको आशंकासहित नेकपाका असन्तुष्ट पक्षका नेताहरुले काँग्रेसका असन्तुष्ट पक्षका नेताहरुसँग छलफल गर्न थाल्नुले पनि पार्टीहरुको सम्वन्धमा नयाँ तरंग पैदा गरेको छ ।

    दुवै पार्टीका संस्थान पक्ष र संस्थापन इतर पक्षका बीचमा भावनात्मक एकता हुदै गएको देखिएको छ । प्रधानमन्त्री ओलीले सभापति देउवालाई भेटिरहेकोमा नेकपाका असन्तुष्ट पक्षका नेताहरु अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले काँग्रेसको असन्तुष्ट पक्षका बरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर सरकारविरुद्धको लडाईलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको छ ।

    प्रचण्ड माधव पक्षले काँग्रेसका पौडेल पक्षलाई ओलीलाई साथ नदिन आग्रह गरेपछि सत्ता पक्ष र प्रतिपक्षबीचमा सम्वन्धमा नयाँ रुप देखिएको छ ।


    शनिवार, पौष ४ २०७७१०:३३:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij