काठमाडौं । नेपालमा आज ७ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थय मन्त्रालयका अनुसार यो सँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको छ ।
यस्तै आज थप १ हजार ७९ जना संक्रमित डिस्चार्ज भएका छन् यो संगै हालसम्म डस्चार्ज हुनेको कुल संख्या २ लाख ४४ हजार ७४३ पुगेको छ ।
हाल देशभर ७ हजार ९ सय ७६ जना सक्रिय संक्रमित रहेका छन् भने ४ सय २१ जना क्वारेन्टिनमा छन् ।
यस्तै थप ७ जना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ९५ पुगेको छ ।