काठमाडौँ l गत वर्ष नेपालमा सम्पन्न भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा देशलाई दोहोरो स्वर्ण पदक दिलाएका तीन खेलाडीसहित ७ जना खेलाडीलाई मंगलाबार राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।
युवा तथा खेलकुद मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार आवेदन आएकामध्येबाट यो वर्ष ७ खेलाडीलाई जनही नगद ५० हजार रुपैयाँ सहित सम्मानित गरेको हो ।
सम्मानित हुने प्रशिक्षकमा तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ र करातेका कुशल श्रेष्ठ परेका छन । यस्तै जुडोका धर्मकुमार श्रेष्ठ पनि सम्मानको सूचीमा अटाएका छन ।