Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सोमपाल, करण र कुशलले यूएईमा हुने टी–टेन लिग खेल्ने

सोमपाल, करण र कुशलले यूएईमा हुने टी–टेन लिग खेल्ने

  • बिहिवार, पौष ९ २०७७

  • 833
    SHARES

  • सोमपाल, करण र कुशलले यूएईमा हुने टी–टेन लिग खेल्ने

    काठमाडौं ।  राष्ट्रिय क्रिकेट टिमका तीन जना खेलाडीले यूएईमा हुने टी–टेन लिग खेल्ने भएका छन ।

    यूएईको क्रिकेट बोर्डले मान्यता दिएको १० ओभरको फ्रेन्चाइज लिगमा राष्ट्रिय टिमका तीन खेलाडीले पहिलो पटक खेल्न लागेका हुन । सोमपाल कामीलाई मराठा अरबियन्सले, करण केसीलाई पुने डेभिल्स र कुशल मल्ललाई टिम आबुधाबीले अनुबन्धन गर्ने पक्का गरेका छन । सोमपाल यसअघि पनि विदेशी फ्रेन्चाइज टिममा सहभागी बनिसकेका छन ।

    करण र कुशल पहिलो पटक विदेशी फ्रेन्चाइज लिगमा अनुबन्ध भएका हुन । यसअघि नेपालबाट सन्दीप लामिछाने र पारस खड्काले टी–टेनमा सहभागिता जनाइसकेका छन ।

    सन्दीप बीबीएलमा व्यस्त हुने भएकाले उनी अनुबन्ध भएका छैनन । पारस यसपटक टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा अनुबन्धित भइसकेका छन । आउँदो संस्करणको टी–टेन लिग आबुधाबीमा जनवरी २८ देखि फेब्रुअरी ६ सम्म हुँदै छ ।


    बिहिवार, पौष ९ २०७७११:५२:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij