Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सी डिभिजन लिग चैत १ देखि हुने

सी डिभिजन लिग चैत १ देखि हुने

  • बिहिवार, पौष ९ २०७७

  • 1.3K
    SHARES

  • सी डिभिजन लिग चैत १ देखि हुने

    काठमाडौं । शहीद स्मारक सी डिभिजन लिग चैत १ देखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले २०७६ सालको शहीद स्मारक सी डिभिजन लिग २०७७ चैतमा १ गतेबाट गर्ने निर्णय गरेको हो ।

    कोरोना महामारीले गर्दा एन्फाले बी डिभिजन लिग स्थगित गरेको थियो भने सी डिभिजन लिग सुरु हुनै सकेको थिएन । आज (बिहीबार) एन्फाले सी डिभिजन क्लवका प्रतिनिधिहरुसँग छलफल गर्दै चैत १ देखि सी डिभिजन गर्ने निर्णय गरेको जनाएको छ।

    यस्तै एन्फाले लिगका लागि तयारी खर्च समेत बढाउने भएको छ । हरेक क्लबलाई २ लाख वृद्धि गर्दै तयारीका लागि ९ लाखका दरले दिने एन्फाले जनाएको छ । यस्तै एन्फाले क्लब प्रतिनिधिसँग स्वास्थ्य र ट्रेनिङ प्रोटोकलको बारेमा पनि जानकारी गराएको थियो । एन्फाले स्थगित बी डिभिजन लिग फेब्रुअरी २३ बाट फेरि सुरु गर्ने जनाएको छ ।

     


    बिहिवार, पौष ९ २०७७०५:३०:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij