काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले पाउने दावी गर्नुभएको छ ।
अहिलेको कानुनी व्यवस्था र पार्टी भित्रको विवादको अवस्थाका आधारमा नेकपाको नाम, झण्डा र चुनाव चिन्ह प्रचण्ड–माधव पक्षले पाउने उहाँको भनाइ छ ।
‘निर्वाचन आयोगमा पार्टी एकिकरणपछि बुझाइएको नामावलीका आधारमा बहुमत जुन पक्षमा छ, त्यसैलाई निर्वाचन आयोगले आधिकारिकता दिनुपर्ने हुन्छ’, वरिष्ठ अधिवक्ता भट्टराईले नेपाली रेडियो नेटवर्कसँग आज कुरा गर्दै भन्नुभयो ।
उहाँले यसमा कुनै दुविधा हुनुपर्ने अवस्था नभएको, कानुनी व्यवस्था र नेकपाको अहिलेको अवस्था हेर्दा प्रचण्ड–माधव पक्ष नै आधिकारिक नेकपा हुने बताउनुभयो ।