Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

भलिबल प्रशिक्षक रिमालको सरकारी सम्मानका साथ अन्त्येष्टि

भलिबल प्रशिक्षक रिमालको सरकारी सम्मानका साथ अन्त्येष्टि

  • शनिवार, पौष ११ २०७७

  • 1.4K
    SHARES

  • भलिबल प्रशिक्षक रिमालको सरकारी सम्मानका साथ अन्त्येष्टि

    काठमाडौं । वरिष्ठ भलिबल प्रशिक्षक सुदेशकुमार रिमालको सरकारी सम्मानका साथ शनिबार अन्त्येष्टि गरिएको छ ।

    मस्तिष्क सम्बन्धि रोगबाट पिडित रिमालको शुक्रबार काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा निधन भएको थियो ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक समेत रहेका रिमालको पार्थिव शरिरलाई शनिबार राखेपको हातामा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

    युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल, बोर्ड सदस्य गोविन्दप्रसाद भट्टराई, सुभाष श्रेष्ठ, इन्दिरा निरौला, नन्दा बस्याल, सम्पन्न श्रेष्ठ, रिम रानाभाट सहित नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल भलिबल संघका पदाधिकारी, विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारी, प्रशिक्षक, खेलाडी, कर्मचारी, परिवारजन लगायतले रिमालको पार्थीव शरीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

    स्व. रिमालको शनिबारै पशुपति आर्याघाटमा अन्त्येष्ति गरिएको छ । रिमालका श्रीमती, छोरा र छोरी छन् ।


    शनिवार, पौष ११ २०७७०७:१८:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij