Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

मेसीलाई पछि पार्दै रोनाल्डो बने ‘प्लेयर अफ दि सेन्चुरी’

मेसीलाई पछि पार्दै रोनाल्डो बने ‘प्लेयर अफ दि सेन्चुरी’

  • सोमवार, पौष १३ २०७७

  • 1.3K
    SHARES

  • मेसीलाई पछि पार्दै रोनाल्डो बने ‘प्लेयर अफ दि सेन्चुरी’

    काठमाडौं । इटालियन क्लब युभेन्टस्का पोेर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले ‘ग्लोवो सकर अवार्ड’ अन्तर्गतको ‘प्लेयर अफ दि सेन्चुरी’ अवार्ड जितेका छन् ।

    रोनाल्डोले अर्जेन्टिनी लियोनेल मेसी, ब्राजिली रोनाल्डिन्हो र इजिप्टको मोहम्मद सलाहलाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।

    अवार्डका लागि रोनाल्डोले समर्थकबाट ३८ प्रतिशत् मत पाएका थिए । मेसीले २४ प्रतिशत्, सलाहले २३ प्रतिशत् र रोनाल्डिन्होले १४ प्रतिशत् मात्र मत प्राप्त गरेका थिए ।

    दुवर्ईमा गएराति भएको अवार्ड समारोहमा रोनाल्डोलाई ‘प्लेयर अफ दि सेन्चुरी’ घोषणा गरिएको हो ।

    यस्तै, प्रशिक्षण करियरमा उत्कृष्ट सफलता हात पारेका इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला ‘कोच अफ दि सेन्चुरी’ घोषित भएका छन् ।

     


    सोमवार, पौष १३ २०७७०३:५३:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij