एजेन्सी । नेपाली क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलियाको बिग ब्यास लिग २०२०–२१ अन्तर्गत होबार्ट हुरिकेन्सले शनिबार खेल्ने मेलबर्न स्टार्सविरुद्ध टोलीमा उपलब्ध हुने भएका छन् ।
होबार्टले स्टार्सविरुद्ध उपलब्ध भएका सुरुवाती १७ खेलाडीको नाम सार्वजनिक गरेसँगै त्यमा सन्दीप पनि परेका छन् ।
सन्दीप गत मंसिर ३० बिग ब्यास खेल्न अष्ट्रेलियातर्फ लागेका थिए । अष्ट्रेलिया सरकारको नियमअनुसार १४ दिन अनिवार्य क्वारेन्टाइनलमा बस्नुपर्ने हुन्छ । जसका कारण १४ दिनको क्वारेन्टाइनको बसाइपछि सन्दीप टोलीमा उपलब्ध भएका हुन् । सन्दीप होबार्टसँगै अभ्यासमा जोडिइसकेका छन् ।
यस सिजनमा सन्दीपले सुरुवाती ६ खेल गुमाएका छन् । होबार्ट ६ खेलमा ४ मा जित र २ मा हार सहित तेस्रो स्थानमा छ । यसअघि दुई संस्करण स्टार्सबाट खेलेका सन्दीपले यसपटक भने होबार्टबाट खेल्ने छन् ।