Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको फाइनल आज

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको फाइनल आज

  • आइतवार, पौष १९ २०७७

  • 886
    SHARES

  • प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको फाइनल आज

    काठमाडौं । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपिएफ र प्रदेश १ भिड्ने भएका छन्। दाङको लमही क्रिकेट मैदानमा उपाधि भिडन्त आइतबार बिहान साढे ११ बजेदेखि सुरु हुने छ।

    सेमीफाइनलमा रुबिना क्षेत्रीको कप्तानीमा रहेको प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो। यस्तै, अर्को सेमीफाइनलमा एपिएफले सुदूरपश्चिमलाई नौ विकेटले हराउँदै उपाधि नजिक पुगेको हो। यसअघि गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई नै स्तब्ध पार्दै एपिएफ च्याम्पिएन भएको थियो। दुबै टोलीले यसअघिका सम्पूर्ण खेल जित्दै फाइनलसम्मको यात्रा तय गरेका हुन्।

    राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपाल क्रिकेट संघको प्रादेशिक संरचना लुम्बिनी प्रदेशको व्यवस्थापनमा पुस ११ गतेदेखि प्रतियोगिता सुरु भएको हो। प्रतियोगितामा एक विभागीय र सात प्रदेश गरी आठ टोली सहभागी रहेको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।

    प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ। विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले २१ हजार, उत्कृष्ट ब्याटरले १० हजार र उत्कृष्ट बलरले पाँच हजार प्राप्त गर्ने छन्।


    आइतवार, पौष १९ २०७७०७:४१:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij