Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

जोकोभिच र नाडालले एटिपी कप खेल्ने

जोकोभिच र नाडालले एटिपी कप खेल्ने

  • मंगलवार, पौष २१ २०७७

  • 735
    SHARES

  • जोकोभिच र नाडालले एटिपी कप खेल्ने

    एजेन्सी । शीर्ष खेलाडीहरु नोभाक जोकोभिच र राफायल नाडालले एटिपी कप टेनिस प्रतियोगिता खेल्ने भएका छन् । अष्ट्रेलियाको मेलबर्नमा अर्को महिना हुने यो प्रतियोगितामा १२ देशले प्रतिस्पर्धा गर्नेछन् ।

    पुरुष एकलतर्फको विश्व वरियतामा शीर्ष स्थानमा रहेका खेलाडीहरुको आधारमा १२ टोली छनोट गरिएको हो । अघिल्लो वर्ष २४ टोलीलाई सहभागी गराइए पनि यो वर्ष कोरोना भाइरस महामारीका कारण १२ देशले मात्र खेल्ने भएका छन् ।

    प्रतियोगिता यही फेब्रुअरी १ देखि ५ सम्म मेलबर्नमा हुनेछ । प्रतियोगितामा साविक विजेता सर्वियन टोलीको नेतृत्व जोकोभिचले गर्नेछन् भने स्पेनको नेतृत्व नाडालले गर्नेछन् ।

    प्रतियागितामा सहभागिता जनाउने अन्य देशमा अष्ट्रिया, रुस, ग्रिस, जर्मनी, अर्जेन्टिना, इटाली, जापान, फ्रान्स, क्यानाडा र अष्ट्रेलिया रहेका छन् ।

     


    मंगलवार, पौष २१ २०७७०३:३३:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij