Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

वायु प्रदूषणको कारण र असरबारे मन्त्रालयले अध्ययन गरिरहेको छ : मन्त्री त्रिपाठी

वायु प्रदूषणको कारण र असरबारे मन्त्रालयले अध्ययन गरिरहेको छ : मन्त्री त्रिपाठी

  • बुधवार, पौष २२ २०७७

  • 912
    SHARES

  • वायु प्रदूषणको कारण र असरबारे मन्त्रालयले अध्ययन गरिरहेको छ :  मन्त्री त्रिपाठी

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले अहिले कोभिड माहामारीसंग लडिरहेकै बेला देशमा वायु प्रदूषण अत्याधिक भएकाले त्यसबारे मन्त्रालयले अध्ययन गरिरहेको बताउनुभएको छ ।

    हालको अवस्थामा घरमै बस्नु उचित हुने यदि अत्यावश्यक काममा बाहिर निस्कनु परेमा सुरक्षित भएर स्वास्थ्य मापदण्ड अपनाएर निस्कन उहाँले आह्वान गर्नुभएको छ ।

    स्वास्थ्यमन्त्री त्रिपाठीले अहिलेको अवस्थामा सरकारको पहिलो प्राथमिकता पारदर्शी तवरबाट कोभिड–१९ विरुद्धको खोप देशमा ल्याउनु रहेको पनि स्पष्ट पार्नुभएको छ । खोप ल्याउनेबारे सरकार र मन्त्रालयबीच आवश्यक छलफल भइसकेको पनि उहाँले जानकारी दिनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा मन्त्री त्रिपाठीले भन्नुभयो, “अहिले खोप स्वास्थ्य सामाग्री नभएर राजनीतिक चर्चाको विषयमा परिणत भएको छ, खोपका लागी कुनै एउटा देशको भर पर्ने भन्दा पनि जसले छिट्टै राम्रो, सुलभ तथा सस्तो खोप उपलब्ध गराउँछ, त्यस देशसंग सरकारले सहकार्य गर्ने महत्वपूर्ण विषय हो ।”

    फरक प्रसंगमा मन्त्री त्रिपाठीले राजनीतिक रुपले मात्रै आफू प्रधानमन्त्रीसंग निकट भएको दावि गर्नुभएको छ ।

    प्रतिनिधि सभा विघटनको विषयमा भने उहाँ बोल्न चाहनु भएन । अहिलेको अवस्थामा देशलाई निकाश दिने बाटो पहिलो संसद् पुनस्र्थापना र अर्को निर्वाचन मात्रै भएको मन्त्री त्रिपाठीको तर्क छ ।

    बुधबार सर्वाेच्च अदालतमा सुनुवाइ हुने रिटको कुरामा भने आफ्नो कुनै मत नभएको र अदालतको हरेक फैसलालाई सबैले स्वीर्कानु पर्ने उहाँको भनाइ छ ।


    बुधवार, पौष २२ २०७७०७:२७:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij