Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले संसद्को हत्या गरे : भट्टराई

प्रधानमन्त्रीले संसद्को हत्या गरे : भट्टराई

  • बुधवार, पौष २२ २०७७

  • 952
    SHARES

  • प्रधानमन्त्रीले संसद्को हत्या गरे : भट्टराई

    काठमाडौं । जनता समाजबादी पार्टीका संघिय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को हत्या गरेको आरोप लगाउदै संविधान अनुसार संसद विघटन नभएको र पुनः सुचारु गर्न सकिने बताउनुभएको छ ।

    भट्टराईले प्रधानमन्त्रीले संसदबाट वैकल्पिक सरकार बन्ने अवस्थामा प्रतिनिधि सभा विघटन गर्न नहुने उल्लेख गर्नुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा भट्टराईले भन्नुभयो, “प्रधानमन्त्री र राष्ट्रपतिको यो असंवैधानिक कदमलाई जसरी पनि खारेज गर्नुपर्छ, म संसद पुनस्थापना होस भन्ने कामना गर्छु, लोकतन्त्र भनेको जनताको हितको विषय हो, सडक आन्दोलन सधै सक्रिय हुनुपर्छ र हामीहरु पनि जनताका लागी सधै संघर्ष गरिरहने छौं ।”

    प्रतिनिधि सभा विघटनको विरुद्धमा नागरिक समाज, समाजका बौद्धिक ब्यक्तित्व र अन्य राजनीतिक दल सबै मिलेर लाग्ने भट्टराईको भनाइ छ । 

    “कुनै पनि निकायले जनताको अधिकार खोस्न नसक्ने र जनता भन्दा ठूलो शक्ति अरु हुदैँन, प्रधानमन्त्रीको यो असंबैधानिक कदम सच्याए पछि मात्रै हामी निर्वाचनमा जान्छौं, पहिलो कुरा त निर्वाचन हुदैँ हुदैँन, यदि कथित निर्वाचन भइहाले नेपाल २०४७ सालमा फर्कने छ । त्यसैले मेरो पार्टीले कुनै पनि हालतमा चुनाव हुन दिदैँन ।”

    भट्टराईले प्रधानमन्त्रीले नक्कली राष्ट्रवादको मुखुन्डो लगाएर काम गरेको आरोप समेत लगाउनुभयो । त्यस्तै उहाँले छिमेकी राष्ट्र भारत र चीनसंग विश्वासको मत लिने र अमेरिकासंग पनि राम्रो सम्बन्ध राख्नुपर्नेमा जोड दिनुभएको छ ।

    आफ्नो देशलाई एकताबद्ध बनाई अरु देशलाई चलखेल गर्ने ठाउँ दिन नहुने भट्राईको तर्क छ । नेपालको संविधान नष्ट होस भन्ने चाहना कुनै पनि देशको नभएको जिकिर समेत पूर्वप्रधानमन्त्री भट्टराईले गर्नुभएको छ ।


    बुधवार, पौष २२ २०७७०८:५९:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij