Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

‘संवाहकले नै संविधानको हत्या गरेपछि हामीले भन्ने त राम–राम मात्र हो’

‘संवाहकले नै संविधानको हत्या गरेपछि हामीले भन्ने त राम–राम मात्र हो’

  • बुधवार, पौष २२ २०७७

  • 1.3K
    SHARES

  • ‘संवाहकले नै संविधानको हत्या गरेपछि हामीले भन्ने त राम–राम मात्र हो’

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले संविधानका संवाहकहरुले नै संविधानको हत्याको बाटो रोजेपछि आफ्नो पार्टीले राम–राम बाहेक अरु केही भन्न र गर्न नसक्ने बताउनुभएको छ । आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष थापाले यस्तो बताउनुभएको हो ।

    दुईतिहाइ बहुमतले पारित गर्ने पक्षबाट नै संविधानको हत्या हुन खोज्दा राम–राम भन्नबाहेक आफ्नो विकल्प नभएको उहाँको भनाइ छ ।

    ‘आफ्ना मूलभूत मान्यताहरू नसमेटिएको कारण राप्रपाले यो संविधानको विपक्षमा मतदान गरेको हो । दुईतिहाइ बहुमतबाट पारित भएपछि प्रजातान्त्रिक मान्यता अनुरूप संविधानलाई आलोचनात्मक समर्थन गरेका हौं’, अध्यक्ष थापाले फेसबुकमा लेख्नुभएको छ, ‘अहिले संविधानका संवाहकहरू नै संविधान हत्याको बाटोमा लागेका छन् । यस अवस्थामा हामी राम ! राम ! भन्दा बढी केही भन्न सक्दैनौं ।’

    संसद् विघटनको संवैधानिकताको परीक्षण अदालतले गर्ने भएकाले त्यसलाई दवाव वा प्रभाव पार्ने काम सरकार र सडक कतैबाट हुनु नहुने उहाँको सुझाब छ ।
    ‘दुई तिहाइ जनमतप्राप्त नेकपाले जनतालाई धोका दिएर संसद् विघटन गरेको छ’, उहाँले लेख्नुभएको छ, ‘यो अवस्थामा ताजा जनादेशमा जानु लोकतान्त्रिक र संवधानिक मान्यता हो ।’

    थापाको स्टाटस यस्तो छ :

    Capture.PNG


    बुधवार, पौष २२ २०७७११:४४:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij