एजेन्सी । अस्ट्रेलियाविरुद्धको तेस्रो टेष्टका लागि भारतीय टोली घोषणा भएको छ । जसमा नवदीप सैनीले टेष्ट डेब्यु गर्दैछन् ।
यसअघि टिममा नियमित खेल्दै आएका फास्ट बलर उमेश यादव घाइते भइ टिमबाट बाहिरिपछि सैनीले पहिलोपटक टेष्टको प्लेइङ ११ मा स्थान बनाएका हुन् ।
यस्तै रोहित शर्मा पनि टिममा परेका छन् । उनले ओपनर मायांक अग्रवालको स्थानमा ओपनिङ गर्नेछन् । रोहितले पनि ओपनिङ व्याटिङ गर्ने कप्तान अजिन्क्य रहाणेले बताएका हुन् ।
भारतको प्लेइङ सेटमा रहेका अन्य खेलाडीमा शुभमन गिल, चेतेश्वर पूजारा, हनुमा विहारी, ऋषभ पन्त, रवीन्द्र जडेजा, रविचन्द्रन आश्विन, जसप्रित बुमराह र मोहम्मद सिराज छन् ।
भारत र अस्ट्रेलिया बीचको तेस्रो टेष्ट बुधबार सिड्नीमा सुरु हुँदैछ । चार खेलको सिरिजमा दुवै टिमले १–१ खेल जितेका छन् ।