Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभाको बैठक आज, के छ त कार्यतालिका ?

राष्ट्रियसभाको बैठक आज, के छ त कार्यतालिका ?

  • बिहिवार, पौष २३ २०७७

  • 1.7K
    SHARES

  • राष्ट्रियसभाको बैठक आज, के छ त कार्यतालिका ?

    काठमाडौं ।  संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ ।

    पुस १७ गतेबाट सुरु भएको राष्ट्रिय सभाको हिउँदे अधिवेशन संघीय संसद भवन, नयाँ बानेश्वरमा दिउसो १ बजेपछि आज पुनः बस्न लागेको हो ।

    बैठकमा प्रस्तुत गर्ने महत्वपूर्ण विजनेस नभएकाले बैठक चाडै अन्त्य गर्ने तयारी पनि भएको छ ।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मधेशी आयोगको वार्षिक प्रतिवेदन, २०७६–०७७’ पेश गर्नुहुने कार्यतालिका रहेको छ ।
    यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रियसभा अन्तर्गतका विषयगत समितिमा सदस्यको नाम मनोनयनको लागि प्रस्ताव गर्ने कार्यतालिका पनि रहेको छ ।

    यसअघि पुस १७ को बैठकमा राष्ट्रपतिले अधिवेशन आह्वान गरेको पत्र र मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी हेरफेर सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाएका थिए । बैठकमा दलीय प्रतिनिधित्वका आधारमा दलका नेताहरुले सम्बोधन गरेका थिए ।


    बिहिवार, पौष २३ २०७७०९:३८:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij