Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आफू पत्तासाफ हुने निर्वाचन प्रधानमन्त्रीले गराउँदैनन् : बाबुराम भट्टराई

आफू पत्तासाफ हुने निर्वाचन प्रधानमन्त्रीले गराउँदैनन् : बाबुराम भट्टराई

  • शनिवार, पौष २५ २०७७

  • 996
    SHARES

  • आफू पत्तासाफ हुने निर्वाचन प्रधानमन्त्रीले गराउँदैनन् : बाबुराम भट्टराई

    विराटनगर – पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रतिनिधिसभा पुनर्स्थापना हुँदैन भन्दै हिँडेर प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्की दिइरहेको आरोप लगाएका छन्।

    जसपाले विराटनगरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै भट्टराईले प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटनको कदमले संविधानलाई कोमामा पुर्‍याएको पनि बताए।

    ‘हुँदै नभएको अधिकार प्रयोग गरेर जसरी ओलीले कदम चाले त्यसले संविधानलाई कोमामा पुर्‍याएको छ’, उनले भने, ‘सरकार बन्ने सम्भावना हुँदाहुँदै गरिएको विघटनलाई खारेज गरेर अदालतले संविधान जोगाउने थोरै विश्वास छ।’

    तर, प्रधानमन्त्रीले अदालतलाई धम्की दिइरहेको उल्लेख गर्दै उनले थपे, ‘यसरी पुनर्स्थापना हुँदैन भन्दै अदालत धम्क्याउने काम बन्द हुनुपर्छ।’

    अदालतप्रति थोरै विश्वास रहेको भन्दै भट्टराईले यदि अदालतले प्रधानमन्त्रीको कदम खारेज नगरे सभामुखले प्रतिनिधिसभा बैठक बोलाउनु पर्ने पनि बताए।

    ‘योसँगै जनसंघर्ष अत्यावश्यक छ, त्यसका लागि हामी सबै दललाई आह्वान गर्दछौं’, उनले भने।

    आफू पत्तासाफ हुने निर्वाचन प्रधानमन्त्री ओलीले नगराउने ठोकुवा गर्दै भट्टराईले मुसालाई फसाउन राखेको चारोको रूपमा चुनावको मुद्दा अघि सारिएको उनले बताए।

    ‘आफ्नै दुई तिहाइ खेर फाल्ने ओलीले चुनाव गराउलान् भन्ने भ्रममा बस्न जरूरी छैन’,उनले भने, ‘यो मुसा वा बाघलाई खोरमा फसाउन फालेको चारो मात्रै हो।’

    प्रधानमन्त्री ओलीले नयाँ संविधानले निश्चित गरेको आदिवासी, जनजाति र दलितको अधिकार खोस्दै संघीयता नै खोस्न लागेको भन्दै सडकमा आउन सबैलाई अपिल पनि गरे।


    शनिवार, पौष २५ २०७७०५:३५:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij