Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

पीएसएलको ड्राफ्टमा नेपाली खेलाडी अनसोल्ड

पीएसएलको ड्राफ्टमा नेपाली खेलाडी अनसोल्ड

  • सोमवार, पौष २७ २०७७

  • 1.1K
    SHARES

  • पीएसएलको ड्राफ्टमा नेपाली खेलाडी अनसोल्ड

    काठमाडौं ।  पाकिस्तान सुपर लिग पीएसएल टी–ट्वान्टी क्रिकेटको ड्राफ्टमा नेपालका खेलाडीहरु अनसोल्ड भएका छन् ।

    पाकिस्तानको लाहोरमा आइतबार भएको ड्राफ्टमा नेपालका खेलाडी अनसोल्ड भएका हुन् । पीएसएलको ड्राफ्टमा नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेसहित १० खेलाडी परेका थिए ।

    लेग स्पिनर सन्दीप प्लाटिनम क्याटेगोरीको ड्राफ्टमा रहेका थिए । पीएसएलमा सन्दीप लगातार दोस्रो सिजन क्लब विहीन भएका हुन् । गत सिजन समेत उनी अनसोल्ड भएका थिए ।

    त्यसअघि उनले लाहोर क्वालन्डर्सबाट खेलेका थिए । यस्तै राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्कासहित अन्य ९ खेलाडी सिल्भर क्याटेगोरीको ड्राफ्टमा परेका थिए ।

    यस क्याटेगोरीमा पर्ने खेलाडीमा उपकप्तान दिपेन्द्र सिंह ऐरी,करण केसी, कुशल मल्ल, पवन सर्राफ, सुवास खकुरेल, अविनास बोहोरा र आशिफ शेख रहेका थिए । तर, ड्राफ्टमा नेपालका सबै खेलाडी अनसोल्ड भए ।


    सोमवार, पौष २७ २०७७०६:५३:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij