Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्र निर्मातालाई अपमान गर्नेहरु राष्ट्रवादी हुन सक्दैनन् : डा. लोहनी

राष्ट्र निर्मातालाई अपमान गर्नेहरु राष्ट्रवादी हुन सक्दैनन् : डा. लोहनी

  • सोमवार, पौष २७ २०७७

  • 1.1K
    SHARES

  • राष्ट्र निर्मातालाई अपमान गर्नेहरु राष्ट्रवादी हुन सक्दैनन् : डा. लोहनी

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पृथ्वी नारायण शाहलाई सवै नेपालीले ‘गड फादर’ को रुपमा लिनु पर्ने बताउनु भयो ।

    प्रधानमन्त्री आफू राष्ट्रबादी भन्ने तर राष्ट्र निर्माता पृथ्वीनारायण शाहको नाममा एकता दिवस नमनाउँनु आफ्नो पितालाई नमान्नु सरह भएको उहाँको भनाई छ ।

    डा. लोहनीले प्रधानमन्त्रीले सर्वाेच्च अदालतलाई दवाव दिन खोजेको आरोप पनि लगाउनु भयो । अहिले गणतन्त्रको नाममा नेपालमा गुटको विकास भएकोले नेपाली जनताले अव यो गुटलाई कदापी नमान्ने उहाँले जिकिर गर्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा डा. लोहनीले भन्नुभयो “नेपालको संविधानमा जे कुरा लेखिए पनि प्रधानमन्त्रीको निर्णय मान्ने हुन्छ भन्ने लेखियोस, नत्र भने यो कदम हाम्रा लागी कहिल्यै पनि उचित हुदैन ।”

    डा. लोहनीले आफूहरु नेपाललाई हिन्दु राज्य बनाउने पक्षमा लागेको बताउदै धर्म निरपेक्षता देश नमान्ने चेतावनी दिनुभयो । प्रतिनिधि सभा विघटनको विषयमा सर्वाेच्च अदालतको निर्णय मान्नुको अर्काे विकल्प नभएको डा. लोहनीको भनाई छ ।

    प्रधानमन्त्री ओलीले सर्वोच्चलाई नजर अन्दाज गरेको उहाँले आरोप लगाउनुभयो । सर्वोच्चको निर्णय अनुसार नै अगाडीका निणर्य गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष लोहनीले बताउनुभयो ।


    सोमवार, पौष २७ २०७७०८:४४:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij