Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

फागुनभित्रमा कोरोना खोप आउँछ : प्रवक्ता डा. गौतम

फागुनभित्रमा कोरोना खोप आउँछ : प्रवक्ता डा. गौतम

  • मंगलवार, पौष २८ २०७७

  • 934
    SHARES

  • फागुनभित्रमा कोरोना खोप आउँछ : प्रवक्ता डा. गौतम

    काठमाडौं । स्वास्थ्य जतथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाईरस विरुद्धको खोप कहिले आउछ भनेर तोकेर भन्न नमिल्ने तर फागुन महिना भित्रमा आइसक्ने बताउनु भएको छ ।

    नेपाली रेडियो नेट्वर्कको नेपाली बहसमा प्रवक्ता डा. गौतमले भन्नुभयो “हामीले यो दिन खोप ल्याउने भनेर किटान गरि सम्झैता गरेको छैन, तर प्रकृया सुरु भइसकेको छ, खोप ल्याउदा ७ देखी ८ डिग्रीमा राख्न मिल्ने, सस्तो र डब्लुएचओले स्विकृत दिएको खोप मात्रै ल्याउछौ।”

    प्रवक्ता डा. गौतमले ६० प्रतिशतलाई पुग्ने कोभ्याक्सबाट आउने बताउदै बाँकीको लागी जुन देशले छिटो र प्रभावकारी रुपमा निर्माण गर्छ त्यसलाई सरकारले पैसा तिरेर ल्याउने र जनतालाई निशुल्क रुपमा लगाउने बताउनु भयो ।

    सरकारको पहिलो प्रथामिता उच्च जोखिममा रहेका स्वास्थ्यकर्मी, सुरक्षकर्मी लगायत अग्रपंक्तिमा रहेका व्यक्तिहरुलाई, ५५ वर्ष उमेरमाथिका र दीर्घरोगीहरुका लागि उपलब्ध गराइने प्रवक्ता उहाँको भनाई छ ।

    प्रवक्ता डा.गौतमले साधारणतया खोप निर्माण गर्न १० बर्ष लाग्ने हुदा अहिले एक बर्षमै तयार भएका खोपसय प्रतिशत विश्वास गर्न नसकिने बताउनु भयो । निजी क्षेत्रले आफैले खोप ल्याए पनि पहिलो प्राथमितामा सरकार रहेकाले ७० देखि ८० प्रतिशत सरकारलाई बुझाउनु पर्ने उहाँले बताउनु भयो ।

    संक्रमण दर कम भए पनि संक्रमणको जोखिम नघटेकोले सवै सचेत रहन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.गौतमले अनुरोध गर्नु भयो ।


    मंगलवार, पौष २८ २०७७१०:१०:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij