Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सदन हिंसा अघिको मेरो भाषण उपयुक्त : ट्रम्प

सदन हिंसा अघिको मेरो भाषण उपयुक्त : ट्रम्प

  • बुधवार, पौष २९ २०७७

  • 728
    SHARES

  • सदन हिंसा अघिको मेरो भाषण उपयुक्त :  ट्रम्प

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको हप्ता अमेरिकी सदनमा भएको हिंसा अघि आफूले गरेको सम्बोधन उपयुक्त भएको बताउनुभएको छ ।

    पाँचजनाको ज्यान गएको र कम्तीमा ६० जना प्रहरीसहित अरु धेरै मानिस घाइते भएको क्यापिटल भवनको हिंसापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेका राष्ट्रपति ट्रम्पले आफ्नो भनाइ गलत नभएको दाबी गरेका बीबीसीले जनाएको छ । हिंसा अघि जनवरी ६ मा वासिङ्टनमा भएको कार्यक्रममा राष्ट्रपति ट्रम्पले संसदतर्फ मार्च गर्न समर्थकहरुलाई आग्रह गर्नुभएको थियो ।

    ट्रम्पको त्यही भाषणको कारण हिंसा भड्किएको भन्दै डेमोक्र्याट्सहरुले औपचारिक रुपमा महाअभियोग लगाउन सुरु गरिसकेपछि आफ्नो भनाइ सार्वजनिक गरेका ट्रम्पले महाअभियोग लगाउन गरेको प्रयासलाई हाँस्यास्पद भन्नुभएको छ ।

    यही जनवरी २० तारिखमा जो बाइडेनले राष्ट्रपति पदको सपथ लिएपछि ट्रम्पले ह्वाइटहाउस छाड्दै हुनुहुन्छ । तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा आज ट्रम्पमाथि महाभियोग लगाउने प्रस्तावमा मतदान हुन सक्ने खबरमा उल्लेख छ ।


    बुधवार, पौष २९ २०७७०७:५१:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij