Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओली नेकपाभित्रको फोहोर हो : वरिष्ठ नेता खनाल

प्रधानमन्त्री ओली नेकपाभित्रको फोहोर हो : वरिष्ठ नेता खनाल

  • बुधवार, पौष २९ २०७७

  • 1.2K
    SHARES

  • प्रधानमन्त्री ओली नेकपाभित्रको फोहोर हो : वरिष्ठ  नेता खनाल

    काठमाडौं । नेकपाका दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रको फोहोर भएको टिप्पणी गर्नुभएको छ ।

    नेकपा नफुटेको दावी गर्दै उहाँले पार्टी प्रधानमन्त्री ओलीले चोइट्याएको बताउनु भयो । प्रधानमन्त्रलिाई अधिकार सम्पन्न ठाउँमा पुर्याउने गल्ती आफूहरुले गरेको खनालले स्वीकार गर्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा खनालले “हामीहरुसंग सबै ठाउँमा बहुमत छ, त्यसैले हाम्रो पार्टीले नै आधिकारिकता पाउछ, प्रधानमन्त्री प्रथम अध्यक्ष हुदै होइन, हामीले दुई पार्टी एक गर्दा पार्टी तथा सरकार आलो पालो चलाउने सर्त गरेका थियौँ, पार्टीबाट छुटेर गएको एउटा गुट आधिकारिक हुनै सक्दैन ।”

    बरिष्ठ नेता खनालले कुनै पनि कमिटिको बैठकमा पहिलो दोस्रो अध्यक्ष नभएको बताउनु भयो । हरेक ठाउँमा दुईटा अध्यक्षको हस्ताक्षर चल्ने गरेको बताउदै केन्द्रिय कमिटिको निणर्यले जुन सुकै पदबाट जस्लाई पनि हटाउन मिल्ने खनालले जिकीर गर्नुभयो । खनालले निर्वाचन आयोग संवैधानिक आयोग भएकाले संबिधान अनुसार चल्नु पर्ने बताउनु भयो ।

    सर्वोच्च अदालतले संविधानको सहि ब्याख्या गर्ने विश्वास व्यक्त गर्दै उहाँले आफूहरुले मुद्दा जित्ने सय प्रतिशत नै सम्भावना भएको दावी गर्नुभयो ।  प्रधानमन्त्री ओलीले देशको संविधानमाथि खेलवाड गरेको खनालको आरोप छ ।

    खनालले बैशाखमा चुनाव नहुने दावी गर्दै प्रतिनिधि सभा विघटन गर्नु संविधान र जनतामाथिको ठाडो आक्रमण भएको बताउनु भयो । प्रधानमन्त्री ओली असक्षम प्रधानमन्त्री भएको नेकपाका बरिष्ठ नेता खनालले बताउनु भयो ।


    बुधवार, पौष २९ २०७७०९:२४:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij