Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

म्यानचेस्टर सिटी इङ्ग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा

म्यानचेस्टर सिटी इङ्ग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा

  • बिहिवार, माघ १ २०७७

  • 909
    SHARES

  • म्यानचेस्टर सिटी इङ्ग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा

    काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लिएको छ ।

    गएराति भएको खेलमा ब्राइटनलाई एक शून्य गोल अन्तरले हराउँदै म्यानचेस्टर सिटी अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको हो ।

    म्यानचेस्टर सिटीका लागि पहिलो हाफको अन्तिम समयमा फिल फोडेनले गरेको एक गोल नै निर्णायक बन्यो । फोडेनले केबिन डि ब्रुएनाको पासको मद्दतमा खेलको ४४ औं मिनेटमा गोल गरेका थिए ।

    जितसँगै म्यानचेस्टर सिटीले १६ खेलबाट ३२ अंक जोडेको छ । पराजित ब्राइटन भने १४ अंककासाथ तालिकाको १७ औं स्थानमा छ । यस्तै, गएराति नै भएको अर्को खेलमा टोटनह्याम र फुलह्यामले एकरएक गोलको बराबरी गरेका छन् । खेलको २५ मिनेटमा टोटनह्यामका लागि ह्यारी केनले एक गोल गरे ।

    त्यसपछि दबाबमा परेको फुलह्यामले खेलको ७४ औं मिनेटमा एक गोल गर्दै खेललाई बराबरीमा पुर्याए । फुलह्यामका लागि इभान काभालिरोले गोल गरेका हुन् ।


    बिहिवार, माघ १ २०७७०७:०९:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij