Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

पिएम कपमा आज दुई खेल हुँदै

पिएम कपमा आज दुई खेल हुँदै

  • आइतवार, माघ ४ २०७७

  • 987
    SHARES

  • पिएम कपमा आज दुई खेल हुँदै

    काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा आइतबार(आज) दुई खेल हुँदैछन् । आइतबार बागमती प्रदेश र नेपाल पुलिस क्लब तथा त्रिभुवन आर्मी र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

    बागमती र नेपाल पुलिस क्लबको खेल बिहान ९ बजे कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा तथा कर्णाली र त्रिभुवन आर्मी क्लबको खेल बिहान ९ बजे नै मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । पुलिस र बागमतीको पहिलो खेल हो । दुवै टिम पहिलो खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद् सुरुवात गर्ने लक्ष्यमा छन् ।

    यस्तै अर्को खेलमा त्रिभुवन आर्मी क्लब लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ भने कर्णाली पहिलो खेलमा जित निकाली सुरुवात गर्ने लक्ष्यमा हुने छ । हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले प्रदेश १ लाई १ सय ३५ रनले हराएको थियो । प्रतियोगितामा तीन विभागीय सहित १० टिमको सहभागीता रहेको छ ।


    आइतवार, माघ ४ २०७७०८:११:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij