Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

एथ्लेटिक बिल्बाओले जित्यो स्पेनिस सुपर कप फुटबलको उपाधि

एथ्लेटिक बिल्बाओले जित्यो स्पेनिस सुपर कप फुटबलको उपाधि

  • सोमवार, माघ ५ २०७७

  • 832
    SHARES

  • एथ्लेटिक बिल्बाओले जित्यो स्पेनिस सुपर कप फुटबलको उपाधि

    एजेन्सी । एथ्लेटिक बिल्बाओले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ ।

    आइतबार राति भएको फाइनलमा बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ गोल अन्तरले पराजित गर्दै बिल्बाओ च्याम्पियन बनेको हो ।

    निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

    अतिरिक्त समयमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई जित दिलाए । अतिरिक्त समयमा बार्सिलोनाका १० खेलाडीमा समेटिएको थियो ।

    उसका लियोनल मेस्सीले रातो कार्ड पाएका थिए । बिल्बाओका भिलालिब्रालाई फाउल गरेपछि मेस्सीले रातो कार्ड पाएका थिए । बार्सिलोनाको फुटबल करियरमा मेस्सीको यो पहिलो रातो कार्ड हो ।

    अतिरिक्त समयमा धकेलिनु अघि एन्टोनी ग्रीजम्यानले ४० औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, ४२ औं मिनेटमा ओस्कार डी मार्कोसले गोल गर्दै बिल्बाओलाई १–१ गोलको बराबरीमा ल्याए ।

    खेलको ७७ औं मिनेटमा ग्रीजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । तर, खेलको ९० औं मिनेटमा इजर भिलालिब्राले गोल गर्दै बिल्बाओलाई २–२ को बराबरीमा ल्याएका थिए ।


    सोमवार, माघ ५ २०७७०६:४३:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij