Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

दाहाल–नेपाल जी कित्ता क्लियर गर्नुहोस् : भट्टराई

दाहाल–नेपाल जी कित्ता क्लियर गर्नुहोस् : भट्टराई

  • सोमवार, माघ ५ २०७७

  • 1.0K
    SHARES

  • दाहाल–नेपाल जी कित्ता क्लियर गर्नुहोस् : भट्टराई

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले पुष्पकमल दाहाल र माधव नेपाललाई कित्ता क्लियर गर्न आग्रह गर्नुभएको छ ।

    काठमाडौंमा आज बिहान भएको एक कार्यक्रममा उहाँले प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै पनि दाहाल नेपालले कारवाही नगरेकोले आशंका पैदा भएको बताउनुभयो ।

    उहाँले दाहाल र नेपाल अझै सत्ताकै दाउमा रहेको आशंका व्यक्त गर्नुभएको छ ।

    ‘केपी ओलीलाई किन पार्टीबाट अझै निकाल्नु हुन्न, तपाईंहरू कित्ता क्लियर गर्नुस्,’ डा. भट्टराईले भन्नुभयो, ‘तपाईंहरू अझै पनि सत्तामा जान खोजिरहनु भएको त होइन भन्ने हामीलाई र कांग्रेसलाई आशंका छ।’

    प्रतिनिधि सभा विघटन गर्नु असंवैधानिक भएकोले शान्तिपूर्ण आन्दोलनमा आफूहरू लागिपरेको भट्टराईको भनाइ छ । तर अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना नहुने अवस्था र बाहिरी हस्तक्षेप बढ्दै जाने हो भने हातमा दही जमाएर नबस्ने पनि भट्टराईले उल्लेख गर्नुभएको छ ।

     

     


    सोमवार, माघ ५ २०७७११:५५:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij