काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेलहरु हुँदै छन ।
मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेशले कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ । दुई टिमबीचको खेल बिहान ९ बजे सुरु हुने छ ।
कर्णालीविरुद्ध मैदान उत्रदा गण्डकी दोस्रो जितको खोजीमा हुने छ । हिजो भएको खेलमा गण्डकीले प्रदेश-१ लाई २ विकेटले हराएको थियो । पहिलो खेलमा भने गण्डकी आर्मीसँग पराजित भएको थियो ।
समूह ’ए’ मा रहेको गण्डकीले २ खेलमा २ अंक जोडेको छ । गण्डकी तेस्रो स्थानमा रहेको छ । कर्णाली भने पहिलो जितको खोजीमा हुनेछ ।
यस्तै कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र प्रदेश-२ बीच प्रतिस्पर्धा हुने छ । दुबै टिम पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा हुने छन् ।